२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डबाट गरिमा समृद्धि योजना सार्वजनिक रुपमा निष्काशन गर्न स्वीकृत

धितोपत्र बोर्डबाट गरिमा समृद्धि योजना सार्वजनिक रुपमा निष्काशन गर्न स्वीकृत

985
Shares

काठमाडौं- गरिमा समृद्धि योजना सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्रले स्वीकृत दिएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा रु १ अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएको हो ।

यो योजना निष्कासनका लागि बोर्डले साल मंसिर महिना ०५ गते स्वीकृती दिएको हो ।नेपाल धितोपत्र बोर्डको स्वीकृति अनुसार अब छिट्टै नै सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा क्यापिटलले जनाएको छ । निष्काशन बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट रहेको छ ।

यो योजनाको अवधि १० वर्षको हुनेछ । इकाईहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत गरी कारोवारको व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij