२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा आह्वान

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा आह्वान

1.4K
Shares

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंकले २०८१ मङ्सिर २५ गते साधारणसभा गर्ने भएको छ। बैंकको मङ्सिर ३ गते बसेको संचालक समितिको बैठकले मङ्सिर २५ गते आर्मी अफिसर्स क्लबमा साधारणसभा गर्ने निर्णय गरेको हो।

बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १९ प्रतिशत नगद लाभांश गरि कुल २५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। बैंकले सभामा मर्जरको प्रस्ताव पनि लैजाने भएको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij