२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको साधारणसभाको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

नबिल बैंकको साधारणसभाको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1K
Shares

काठमाडौं – नबिल बैंक लिमिटेडले ४०औं वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार बस्ने निर्णय गरेको छ। बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।

गत आवका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालककको निर्वाचन गर्ने एजेण्डा रहेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक क्लोज गर्नेछ। यसर्थ मंसिर ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij