२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ४.९८ अकंले बढ्यो, ११ अर्ब ७२ करोडको कारोबार

नेप्से ४.९८ अकंले बढ्यो, ११ अर्ब ७२ करोडको कारोबार

1.1K
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले बढेर २७५३.७६ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

आज ९ कम्पनीको उपसूचकमा हरियाली आएको छ । विकास बैंक समूहको ०.६२ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२१ प्रतिशत, हाइड्रोपावर समूहको ०.८५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आइतबार  १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij