२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस सम्मानित

रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस सम्मानित

405
Shares

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्स उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/०८० मा रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको हो ।आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिट्यान्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले बिगत १८ वर्षदेखि संसारभरबाट नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ ।  सिटी एक्सप्रेसलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij