२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा बढ्यो

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा बढ्यो

1.4K
Shares

काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०.९२ प्रतिशत र कुल आम्दानी २४.७५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ८.५७ प्रतिशत घटेको छ भने कुल खर्च ४.८३ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ४१ पैसा बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६५.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५७ पैसा रहेको छ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा ६१ करोड ९२ लाख रुपैयाँ, महाविपत्ती कोषमा ४ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २१ करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij