काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै २०७६ मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित भएको १०.८४ प्रतिशत नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
आव २०७/७६ का लागि प्रदान गरिएको उक्त लाभांश शेयर धनीहरूले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेन्ट काठमाण्डौमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।
अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij