काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा थियो।
कम्पनीको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५२.०८ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।
५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३२ पैसा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij