काठमाडौं – वाणिज्य बैंकहरूले मंसिर महिनाका पुनः ब्याजदर घटाएका छन् । बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार कात्तिकको तुलनामा मंसिरमा ०.२१७४ प्रतिशतले ब्याजदर घटेको हो ।
कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतममा औसतमा ६.१८७८ प्रतिशत ब्याज दिएका थिए । मंसिरमा भने औसतमा ५.९७०३ प्रतिशत ब्याज दिने भएका छन् ।
कात्तिक महिनाको तुलनामा मंसिरमा १२ बैंकहरुले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एक वाणिज्य बैंकले भने ब्याजदर थोरै बढाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij