२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक

1.6K
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडले कार्तिक महिनाको अन्तिम दिन मंसिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेको छ। जसअनुसार बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएको छ ।

बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। कार्तिक महिनामा समेत यही ब्याजदर कायम थियो ।

बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले मंसिर महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.११ प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij