काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले बढेर २७४८.७८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको २ करोड १४ लाख २४ हजार १००कित्ता शेयर किनबेच हुँदा १० अर्ब १८ करोड ३४ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन सात उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बिहिबार १५९ कम्पनीको मूल्य बढ्दा ७९ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij