२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अघि बढ्यो

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अघि बढ्यो

680
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले फेरि अन्तर्वार्ताको प्रक्रिया अघि बढाएको छ । समितिको कार्तिक २८ गतेको बैठकले सर्टलिस्टमा परेर अन्तर्वार्तामा नआएका ३ जनालाई फेरि अन्तर्वार्तामा बोलाउने निर्णय गरेको छ।

समितिले मङ्सिर ९ गते बिहान ८ बजे तिनै जनालाई व्यवसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि आउन भनेको छ ।

यस अघि सर्टलिस्टमा परेका मध्ये कृष्ण बहादुर कार्की , चिरन्जीवी चापागाई र डा नवराज अधिकारीलाई अन्तर्वार्ताको लागि बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij