काठमाडौं – शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नोक्सानीमा रहेको कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्ष कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो।
आम्दानी घटेपनि अन्य आम्दानी बढेको र खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३९.२१ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३९७.६४ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २२.८५ प्रतिशत घटेको छ।
५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij