काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१२ अकंले घटेर २७३४.८३ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार घटेसँगै आज ९ वटा उपसूचक ओरालो लाग्न पुगेको छ । बुधबार विकास बैंक समूहको १.४७ प्रतिशत, फाइनान्स समूहको ४.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.८१ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशतले शेयर मूल्य बढेको हो । अन्य सूचक भने ओरालो लाग्न पुगेको छ ।
आज ९९ कम्पनीको शेयर मूल्य बढ्दा १३८ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij