२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१५ दिन भित्र उद्योगहरुले बक्यौता नतिरे फेरि लाइन काटने कुलमानको घोषणा

१५ दिन भित्र उद्योगहरुले बक्यौता नतिरे फेरि लाइन काटने कुलमानको घोषणा

1.1K
Shares

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुले १५ दिन भित्र विजुलीको बक्यौता रकम नतिरे फेरि लिन काट्ने बताएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।

आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले उद्योगीहरुले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाएरै छाड्ने दाबी गरे । उनले उद्योगीहरु बक्यौता तिर्न छोडेर अनावश्यक राजिनिती गर्न तिर लागेको पनि आरोप लगाए ।

उनले यस अघि जारी भएको बिल नै सहि भएको र नयाँ बिल जारी नहुने बताए । विद्युत नियमन आयोगले पनि आफ्नो बिललाई सही छ भने उनको भनाई थियो ।

घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न छाडेको बताएका छन् । ठुला उद्योगीसँग पैसा नलिने, सर्वसाधारणसँग उठाउने गरेको भन्दै सर्वसाधारणले पनि बिल तिर्न छोडेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij