२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सम्पदा लघुवित्तकाे शेयर सर्वसाधारणका लागि बिक्री खुला

सम्पदा लघुवित्तकाे शेयर सर्वसाधारणका लागि बिक्री खुला

1.6K
Shares

काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि विक्रि खुल्ला गरेको छ । लघुवित्तले संस्थापक समूहका केही शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख १४ हजार ६७२ कित्ता शेयर बिक्रीमा राखेको हो।

यसअघि, यी शेयरहरू लघुवित्तकै अन्य संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको हो।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बन्दीपुर-१, डुम्रे तनहुँस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। यो अवधी भित्र आवेदन गरेपछि योग्य लगानीकर्ताले सम्पदा लघुवित्तमा संस्थापक शेयरको हिस्सेदार बन्ने अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij