२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दीपक मनाङे पक्राउ, आजै कारागार पठाइने

दीपक मनाङे पक्राउ, आजै कारागार पठाइने

1.3K
Shares

काठमाडौं गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका नलाई प्रहरीले आज काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको हो ।

मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ परेका मनाङेलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार पठाइने प्रहरीले जनाएको छ ,
गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

दीपक मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij