२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज दुई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

300
Shares
last day sign flat concept

काठमाडौं – आज कात्तिक २७ गते दुई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २८ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। विन्ध्यबासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर ६ गते, बिहीबार, आफ्नो कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा भौतिक तथा भर्चुअल माध्यमबाट आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले लाभांश प्रस्तावका साथै सञ्चालक समितिको संख्या संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै,मन्दाकिनी हाइड्रोपावर ले मंसिर ७ गते, शुक्रबार, नेपाली चुलो लाजिम्पाट, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले बोनस शेयर वितरण पश्चात १ बराबर १.२५ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मेगावाट परियोजना निर्माण गर्न, डल्फिन पावर प्रा.लि.मा लगानी गर्न तथा बैंक ऋण भुक्तानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको सभाले डल्फिन पावर प्रा. लि. मा गरिएको लगानी अनुमोदन गर्ने तथा थप लगानी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij