काठमाडौं – कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी पक्राउ परेका छन । जापानमा मानव तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । नक्कली कागजात तयार पारी कात्तिक १३ गते मान्छे सहित जापन पुगेका अधिकारीलाई एयरपोर्टबाटै डिपोट गरिएको थियो ।
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मानव बेचबिखनको आरोप लागेका अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे ।
यसअघि,अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि हवाई मार्गबाट काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याएको छ। उनीमाथि नक्कली कागजात बनाइदिएर आफुसँगै तीनजना नेपालीलाई जापान लगेको आरोप लागेको छ।
उनसँगै गएका तीन जना पक्राउ परिसकेका छन । घटना बाहिर आए पछि उनले मन्त्री पदबाट राजिनामा दिएका थिए । उनले जापान जान प्रक्रिया समेत पुरा गरेका थिएनन । नेकपा एमालेले उनलाई निलम्बन गरिसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij