२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बूढानीलकण्ठ हेरिटेज होटेलले आइपीओ निष्कासन गर्ने

बूढानीलकण्ठ हेरिटेज होटेलले आइपीओ निष्कासन गर्ने

785
Shares

काठमाडौं – बूढानीलकण्ठ हेरिटेज होटेल लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। मंसिर १४ गते होटेलको छैठौं वार्षिक साधारण सभा हुने भएको हो। कम्पनीको रजिष्टार्ड कार्यालयमा अपराह्न ४ बजेका लागि सभा बोलाइएको हो । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेभएको छ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् । हाल कायम शेयर धनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुने उल्लेख गरिएको छ ।

कम्पनीले साधारण सभामा आइपिओको प्रस्तावसमेत लगेको छ। होटेलले अहिले कायम सेयरधनीको लागि २९.५६ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ। यससँगै होटेलको चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ। कम्पनीले त्यसपछि आइपिओ समेत ल्याउने भएको हो

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् । हाल कायम शेयर धनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुने उल्लेख गरिएको छ ।

यो होटेल पाँच तारे होटेल हो। सुरूमा २०२१ डिसेम्बरमै होटेल सञ्चालनमा आउने भनिए पनि गत वर्षबाट सञ्चालनमा आएको हो। कम्पनीको लगानीकर्तामा चार्टर्ड एकाउन्टेन्ट, डाक्टर र उद्यमी व्यवसायीहरू छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij