२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धनराज गुरुङकी पत्नीसहित दुई जना विरुद्ध रेड कर्नर नोटिस जारी

धनराज गुरुङकी पत्नीसहित दुई जना विरुद्ध रेड कर्नर नोटिस जारी

955
Shares

काठमाडौं – मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ।

गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ । ललितपुर महानगरपालिकास्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गरेर उनीहरुविरुद्ध नोटिस जारी गर्न  इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको थियो ।

गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ, भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीबाट उनीहरुले १२ करोड ५१ लाख अपचलन गरेको आरोप छ ।

मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) जाहेरी दिएका थिए। ज्योति धनराज धनराज गुरुङको पूर्व पत्नी हुन । उनीहरूले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको प्रमाण बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij