२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा छुट

670
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियरबीच विशेष छुट सम्झौता भएको छ ।बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij