काठमाडौं – प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् ।
साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका उनी यसअघि सिटिजन्स बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । २ दशक सिटिजन्स बैंकमा काम गरेका खत्री एक महिनाअघि मात्रै बाहिरिएका थिए ।
खत्रीले संस्थागत तथा व्यावसायिक बैंकिङ युनिट, उपभोक्ता बैंकिङ युनिट, एसएमई युनिट तथा सहवित्तीयकरण र पूर्वाधार बैंकिङ युनिटको प्रमुखको जिम्मेवारी वहन गरेका थिए। खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij