काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२१ अकंले घटेर २६७७.४० बिन्दुमा कायम भएको छ । आज दिनभरिमा ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार ७ उपसूचकमा हरियाली लागेको छ । फाइनान्स समूहको ०.२० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८२ प्रतिशत, हाइड्रोपावर समूहको ०.७७ प्रतिशत र जीवन बीमा समूहको ०.३९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । ७ कम्पनिको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij