२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

885
Shares

काठमाडौं – कात्तिक २० गते अमेरिकी डलर हालसम्मकै महँगो भएको छ। मंगलबार १३४ रुपैयाँ ८९ पैसा पुगेर डलरको मुल्यले नयाँ रेकर्ड बनाएको छ।
सोमबार डलरको मुल्य १३४ रुपैयाँ ८३ पैसा थियो। आज ६ पैसाले मुल्य बढेको हो। डलरको मुल्य महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुनेछ।

युरोपियन यूरोको एकको खरिदर १४६.४० रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.०७ रुपैयाँ र बिक्रीदर १७४.८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.५५ रुपैयाँ र बिक्रीदर १५६.२४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.५७ रुपैयाँ र बिक्रीदर ८८.९७ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.५२ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.०० रुपैयाँ र बिक्रीदर १०२.४६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८५ रुपैयाँ र बिक्रीदर ८.८९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९३ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७५ रुपैयाँ र बिक्रीदर ३५.९१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८५ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७१ रुपैयाँ र बिक्रीदर ३०.८५ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७८ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५८ रुपैयाँ र बिक्रीदर १२.६४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६३ रुपैयाँ र बिक्रीदर १९.७२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.४० रुपैयाँ र बिक्रीदर ४४०.३६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.२० रुपैयाँ र बिक्रीदर ३५७.७९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij