२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज दुई कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

आज दुई कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

1.4K
Shares

काठमाडौं – दुई कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने कात्तिक २० गते अन्तिम दिन रहेको छ। हकप्रद निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछन्।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

बलेफी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ।

जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर कम्पनीले जारी गर्नेछ।बलेफी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

त्यस्तै, लिबर्टी इनर्जी कम्पनी लिमिटेड ले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीबाट कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij