२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

665
Shares

काठमाडौं – अरुण भ्याली हाइड्रोपावरको २७औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनश शेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाबलाई छलफल गर्दै पारित गर्नुका साथै अर्को आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्दै निजको पारिश्रमिक निर्धारण पनि गरेको हो।

यसैगरी लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij