२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट

सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट

795
Shares

काठमाडौं – सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा.लि.) सँग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कार्तिक १५ गतेदेखि कार्तिक १८ गतेसम्म लागु रहनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएम संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij