२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीका डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

नेपाल प्रहरीका डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

345
Shares

काठमाडौं – नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।  गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij