२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता एक दर्जन उद्योगले तिरे

डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता एक दर्जन उद्योगले तिरे

1.5K
Shares

काठमाडौं नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल हालसम्म एक दर्जन उद्योगले बुझाएका छन् । राजनीतिक शरणमा परेर बक्यौता नतिर्ने पक्षमा रहेका उद्योगीहरू पटक–पटक लाइन काटिन थालेपछि महसुल तिर्न थालेका छन् । यसअघि पनि लाइन काटिने र जोडिने गर्दा उत्पादन प्रभावित भएको भन्दै करिब एक दर्जन व्यापारीले महसुल बुझाएका हुन् ।

हालसम्म रोल्पा सिमेन्ट, सम्राट सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, नेशनल रबर इन्डष्ट्रिज, नारायण रबर उद्योग र एजी हेल्थ इन्डस्ट्रिज बिहीबार किस्ता बुझाएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

रोल्पा सिमेन्टको ९९ लाख १२ हजार, सम्राट सिमेन्टको तीन करोड ७७ लाख ७३ हजार, शुभश्री अग्नि सिमेन्टको ९८ लाख ८१ हजार, नेशनल रबर इन्डस्ट्रिजको ५९ हजार, नारायण रबर उद्योगको १० लाख ५६ हजार र एजी हेल्थ इन्डस्ट्रिजको ७६ हजार बक्यौता थियो ।

शुक्रबार जीबी टेक्सटाइल पहिलो र जीबी टेक्सटाइल दोस्रो पनि किस्ता बुझाएका छन् । जीबी टेक्सटाइल पहिलोको ३५ लाख ३७ हजार र दोस्रोको १४ लाख ११ हजार बक्यौता थियो । आइतबार सर्वोत्तम सिमेन्ट, विनायक स्पात र नव नेपाल प्लास्टिकले पनि बक्यौताको पहिलो किस्ता बुझाएका छन् । सर्वोत्तम सिमेन्टको ११ करोड ९६ लाख ३६ लाख विनायक स्पातको सात लाख ५२ हजार तथा नव नेपाल प्लास्टिकको दुई लाख पाँच हजार बक्यौता थियो ।

यस्तै सोमबार शुभ लक्ष्मी पोलिमर्सले पनि पहिलो किस्ता तिरेको प्राधिकरणले जनाएको छ । शुभ लक्ष्मीको तीन लाख ७८ हजार बढी बक्यौता रहेको थियो । एक दर्जन व्यवसायी किस्तामा आएको र अन्य पनि आउने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij