काठमाडौं – हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिएका वित्तीय विवरणहरुमा बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
बैठकले २०८१ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु लगायत लेखा सम्बन्धी नीति तथा टिप्पणीहरु माथि छलफल भई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij