२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २७.४१ अकंले बढ्यो

नेप्से २७.४१ अकंले बढ्यो

770
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  आज २८ कम्पनकिो शेयर मूल्य घटेको छ भने २१३ कम्पनकिो मूल्य बढेको छ । दुई कम्पनिको मुल्य भने स्थिर रहेको छ ।

सोमबार १३ वटै उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ०.३६ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको ३.४६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij