काठमाडौं- आज साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अकंले घटेर २६१७.९५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको हो । आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ । आज ११ कम्पनीको शेयर मुल्य भने स्थिर रहेको छ।
आज पाँच उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको १.११ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४७ प्रतिशत, जीवन बीमा समूहको १.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै आइसीएफसीको कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij