काठमाडौं – प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज कार्तिक ११ गते बिहान ९:३० बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले कुल ९७ करोड १ लाख २८ हजार ७ सय ८६ रुपैयाँ लाभांश वितरण गर्ने छ ।
उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij