२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई उद्योगले तिरे बक्यौताको पहिलो किस्ता, उद्योगमा विद्युतको लाइन जडान

दुई उद्योगले तिरे बक्यौताको पहिलो किस्ता, उद्योगमा विद्युतको लाइन जडान

1.3K
Shares

काठमाडौं- बुटवल वितरण केन्द्रअन्तर्गत रहेको जिबी टेक्सटाइलले बक्यौता रकमको पहिलो किस्ता तिरेको छ।  शुक्रबार यो उद्योगले पहिलो किस्ता अन्तर्गत ४९ लाख ४९ हजार रूपैयाँ बुझाएको हो। उद्योगमा रहेको दुईवटा मिटर अनुसार क्रमशः ३५ लाख ३७ हजार र १४ लाख १२ हजार बक्यौता रकम बुझाएको हो। पहिलो किस्ता तिरेसँगै उद्योगमा विद्युतको लाइन जडान भएको छ।

नेपाल विद्युत प्राधिकरणले  डेडिकेटेड फिडर तथा ट्रंक लाइन बापतको बक्यौता  नबुझाएको भन्दै बिहीबार राति ४३ उद्योगको विद्युत लाइन काटिदिएको थियो।

यसअघि प्राधिकरणले कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो। प्राधिकरणका अनुसार बिहीबार मात्रै पाँच उद्योगले बक्यौता बापतको महसुल बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij