२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

३० वर्षीय रोशन थापा तीन दिनदेखि बेपत्ता,  खोजीका लागि परिवारको आग्रह 

३० वर्षीय रोशन थापा तीन दिनदेखि बेपत्ता,  खोजीका लागि परिवारको आग्रह 

725
Shares

काठमाडौं- काठमाडौँको सामाखुसी घर भएका ३० वर्षीय रोशन थापा मुग्लिनबाट बेपत्ता भएका छन् । गत कार्तिक ७ गते मुग्लिन स्थित मामाघरबाट बेपत्ता भएका उनको खोजीका लागि परिवारले आग्रह गरेको छ । 
मामाघरको हजुरआमा स्वर्गारोहण भएको शोकले तनावमा रहेका बेला उनी बेपत्ता भएका हुन् । कार्तिक ७ गते बिहान ६ बजेदेखि नै सम्पर्कमा नआएपछि रोशनको परिवारले खोजीका लागि स्थानीय प्रहरीलाई समेत आग्रह गरेका छन्। 

बेपत्ता रोशनको खोजी कार्य जारी रहेकाले भेट्नुहुने नागरिकले बुवा रेशम थापाको सम्पर्क नम्बर ९८ ४१८१९१४१ र आमा रमा बुढाथोकीको फोन नम्बर ९८४३८१४४४७ वा प्रहरीको नम्बर १०० मा सम्पर्क गरिदिन समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij