२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृति भेन्चरले आइपिओ जारी गर्ने, साधारणसभा पनि आब्हान

कृति भेन्चरले आइपिओ जारी गर्ने, साधारणसभा पनि आब्हान

975
Shares

काठमाडौं- कृति भेन्चर फण्ड लिमिटेडले आफ्नो आर्ठौं वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । कम्पनिले साधारणसभा लाजिम्पाटस्थित दुसित प्रिन्सेस काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने जनाएको छ ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनी गाभ्ने गाभिने र दोभान खोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पूँजीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij