काठमाडौं – इक्रा नेपाल लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनीको सञ्चालक समितिको गत भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा मंसिर ३ गते सोमबार एलोफ्ट काठमाडौं, ठमेलमा दिउँसो २ बजे सभा बस्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५७.३९६०७२२२२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरिक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आवका लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij