२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बलेफी हाइड्रोपावरको हकप्रदका लागि बुकक्लोज मिति तय

बलेफी हाइड्रोपावरको हकप्रदका लागि बुकक्लोज मिति तय

1.3K
Shares

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रदका लागि बुकक्लोज मिति तय गरेको छ । कम्पनीले  हकप्रद शेयर जारी गर्न यही कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डले कात्तिक ४ गते बलेफी हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्ने अनुमति दिएको थियो। धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले कुल १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर कम्पनीले जारी गर्नेछ।

बलेफी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij