२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेडिकेटेड र ट्रंक लाइन विवाद: विद्युत प्राधिकरणले उद्योगको लाईन काट्यो

डेडिकेटेड र ट्रंक लाइन विवाद: विद्युत प्राधिकरणले उद्योगको लाईन काट्यो

1.1K
Shares

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न सुरु गरेको हो।

हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको हो ।
कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उनले लाइन काट्न शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij