२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आशा लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

आशा लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

490
Shares

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको बनेपालस्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

सभाले अन्य लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। संस्थाको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने जिम्मेवारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते १ दिनका लागि बुक क्लोज गर्नेछ । यसका आधारमा कात्तिक २१ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij