२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकको नाफा २३.१७ प्रतिशतले बढ्यो

मुक्तिनाथ विकास बैंकको नाफा २३.१७ प्रतिशतले बढ्यो

1.3K
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  मुक्तिनाथ विकास बैंकको नाफा २३ प्रतिशत वृद्धि भएको छ । तीन महिनामै बैंकले १८ करोड बढी खुद नाफा कमाएको हो ।

बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २३.१७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले २२ करोड ८८ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६.३७ प्रतिशत वृद्धि भई १ अर्ब ११ करोड ७ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यता, खुद संचालन नाफा पनि १७.७५ प्रतिशत वृद्धि भई ४० करोड ३२ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेकाले खुद नाफामा बढोत्तरी देखिएको हो । बैंकको खुद संचालन नाफा पनि ९.७८ प्रतिशत वृद्धि भई ९१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

यता, वितरणयोग्य नाफा पनि ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा भने यस्तो नाफा ४० करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ३.१६ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी पनि ३.०१ रुपैयाँ बढेर १६ रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने १५४.१ रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ३ अर्ब १८ करोड २९ लाख रुपैयाँ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij