काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ८३ लाख खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा २४.८९ प्रतिशतले बढी हो।
धेरै बैंक बित्तिय संस्थाको घटेको अवस्थामा शाइन रेसुङ्गाको खुद ब्याज आम्दानी करिब २९ प्रतिशतले बढेर ६५ करोड ८८ लाख पुगेको छ। त्यस्तै बैकको इम्पेयरमेन्ट चार्ज पनि १७६ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको चुक्तापूंजी ४ अर्ब ७३ करोड पुगेको छ भने रिजर्भमा २ अर्ब २ करोड छ। त्यस्तै रिटेन अर्निंग ३९ करोड ४ लाख रहेको छ। यस अवधिमा बैंकको निक्षेप १ दशमलब १७ प्रतिशतले बदर ६६ अर्ब ७१ करोड पुगेको छ भने कर्जा प्रवाह पनि ३ प्रतिशतले बढेर ५३ अर्ब ७३ करोड रहेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ १४ पैसा, प्रति शेयर नेटवर्थ १५१ रुपैयाँ ३ पैसा तथा मूल्य आम्दानीको अनुपात २४ दशमलब ९२ गुणा रहेको छ। त्यस्तै वितरणयोग्य मूनाफा ३९ करोड ४० रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij