२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा बढ्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा बढ्यो

905
Shares

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३.५८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको ५ करोड ७१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.९३ प्रतिशत र कर्जा तथा सापटी १ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४६ पैसा बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३८ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij