२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकको कारवाहीमा परे दुई वाणिज्य बैंक

राष्ट्र बैंकको कारवाहीमा परे दुई वाणिज्य बैंक

325
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।  राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई बैंकलाई केन्द्रिय बैंकले कारवाही गरेको हो।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र प्रभु बैंकलाई सचेत गराइएको हो।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराएको छ।

यसैगरी, लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले प्रभु बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij