२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको नाफामा छलाङ, यस्तो छ अन्य सूचक

सिद्धार्थ बैंकको नाफामा छलाङ, यस्तो छ अन्य सूचक

1.3K
Shares

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  असोज मसान्तसम्मको अवधिमा बैंकले खुद नाफा ७९१.४३ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर दुई अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको साही अवधिमा बैंकको यस्तो आम्दानी एक अर्ब ९६ करोड ९८ लाख थियो ।

यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज एक अर्ब ४३ करोडबाट घटेर एक अर्ब ५० लाख कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार आएको विवरणले देखाएको छ । यता, बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ । यसको वितरणयोग्य नाफा २६ करोड ४३ लाख रहेको छ

बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थको जगेडा कोषमा १४ अर्ब ६ करोड रुपैयाँ जम्मा रहेको छ । यसले बैंकलाई दिगो र सबल देखाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij