२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब १२ करोड

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब १२ करोड

400
Shares

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवको प्रथम त्रैमासमा गत आवको सोही अवधिको तुलनामा खुद नाफा ४४.४४ प्रतिशत वृद्धि भएको हो ।

चालु आवको असोज मसान्तसम्म आइपुग्दा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा बैंकले ७८ करोड ७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १३.०९ प्रतिशतले वृद्धि भएर २ अर्ब १३ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो गत वर्ष १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ थियो । यस्तै कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब ११ करोड ५३ लाख रुपैयाँबाट बढेर १ अर्ब ६१ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी पनि २ अर्ब ३८ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रुपैयाँ छ ।

कुल चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड र रिजर्भमा १३ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.९० प्रतिशतबा घटेर ०.७७ प्रतिशतमा झरेको छ । बैंकको आधार दर ६.८० प्रतिशत छ भने ईपीएस ३४ रुपैयाँ ८५ पैसा र पीई अनुपात १७.७९ प्रतिशत छ भने नेटवर्थ पर शेयर २१९ रुपैयाँ १ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij