काठमाडौं – थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीले बताएको छ।
विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij