२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

770
Shares

काठमाडौं- मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिद गर्न पाउँछन् ।

सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौँमा निवेदन दिनु पर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij