२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बलेफी हाइड्रोले हकप्रद सेयर निष्कासनको पायो अनुमति

बलेफी हाइड्रोले हकप्रद सेयर निष्कासनको पायो अनुमति

915
Shares

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन अनुमति पाएको छ।   कार्तिक ४ गते  नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीले हकप्रद निष्काशनको लागि एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij